
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले पर्यटन क्षेत्र नेपालको आर्थिक समृद्धिको मूल आधार रहेको बताएका छन् । नेपाल पर्वतारोहण संघको ३५औँ वार्षिक साधारण सभामा उनले वर्तमान सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएर अगाडि बढ्ने स्पष्ट पारेका हुन् ।
सचिव मैनालीले नेपाल पर्वतारोहणको दृष्टिकोणले असाध्यै सम्भावनायुक्त मुलुक रहेकाले विश्वभर प्रवद्र्धन गरेमा मुलुकले यथोचित लाभ लिने विश्वास व्यक्त गरे । उनले भने, “पर्यटन क्षेत्रको विकासलाई प्राथमिकता दिएर अगाडि बढाउनुपर्छ भन्नेमा सरकार स्पष्ट छ ।” पर्यटन विभागका महानिर्देशक डा. नारायणप्रसाद रेग्मीले अथाह पर्यटकीय सम्भावनायुक्त नेपालको पर्वतारोहण क्षेत्रको विकास र प्रवद्र्धनका लागि सबै सक्रिय हुनुपर्नेमा जोड दिए । उनले जलवायु परिवर्तनको जोखिम न्यूनीकरण गर्दै हिमाली पर्यटन र सभ्यताको संरक्षणमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले पर्यटन क्षेत्रको आत्मबल बढाउन सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक रहेकोमा जोड दिए । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेले पर्वतीय पर्यटनको दिगो विकासका लागि जलवायु परिवर्तनको जोखिम न्यूनीकरणमा पर्यटन क्षेत्रका अगुवा संस्थाहरू एकताबद्ध भएर लाग्नुपर्ने धारणा राखे । नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले पर्वतीय पर्यटन विकासका लागि सरकार र निजी क्षेत्रको बलियो साझेदारी आवश्यक रहेको उल्लेख गरेका छन् ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना