धितोपत्र कोर्डको मुख्य गेटमा ताला, कार्यालयमा पुग्यो प्रहरी

काठमाडौं । नेपाल धितोपत्र बोर्डको मुख्य गेटमा ताला लागेको छ । लगानीकर्ताहरुले बोर्डको मुख्य गेटमा ताला लगाएर अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई कार्यालयमा नै घेरेर राखेका हुन् ।

अवस्था तनावग्रस्त हुँदा बोर्ड कार्यालय क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । लगानीकर्ताले सेयर बजार सुधारका लागि विभिन्न माग राखेर बोर्ड घेराउ गरिरहेका छन् ।

अध्यक्ष श्रेष्ठले पुँजी बजारको सुधारका लागि आफू सकारात्मक रहेको भनिरहँदा पनि लगानीकर्ताले उनलाई घर जान दिएका छैनन् । लगानीकर्ताहरुले आज कुनै ठोस निर्णय नभएसम्मका लागि अध्यक्षलाई कार्यालयबाट बाहिर जान नदिने बताइरहेका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार