
वीरगञ्ज । वीरगञ्ज महानगरको फोहर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा फोहर प्रशोधन प्लान्ट निर्माण गरिने भएको छ । फोहरमैलाको दिगो र वातावरणमैत्री व्यवस्थापनका लागि फोहर प्रशोधन केन्द्र बनाउन लागिएको हो । प्लान्ट निर्माणका लागि महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, सूर्य नेपालका उद्योग प्रमुख सुरेश काजी श्रेष्ठ र जिरो वेस्ट इनिसिएटिभ नेपालका प्रतिनिधिबीच सोमबार त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।
वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले वीरगञ्ज महानगरलाई फोहरमैलामुक्त र हरित सहर बनाउन यो सम्झौताले अर्थ राख्ने बताए। ‘यो परियोजनाले प्लास्टिकजन्य फोहर व्यवस्थापनमा नयाँ युगको सुरुआत गर्नेछ’, उनले भने, ‘अब फोहरलाई समस्या होइन, स्रोतका रूपमा उपयोग गर्ने दिशामा महानगर अघि बढ्दैछ ।’
प्रमुख सिंहले डम्पिङ साइटमा निर्माण हुन लागेको नयाँ फोहर प्रशोधन प्लान्टले सहरभरिबाट संकलित फोहरबाट प्लास्टिक छुट्याएर पुनःप्रयोगमा ल्याउने र जैविक फोहरबाट मल उत्पादन गर्न सघाउ पुग्ने दाबी गरे। सूर्य नेपालका उद्योग प्रमुख सुरेश काजी महर्जनले वीरगञ्जलाई स्वच्छ र हरितयुक्त सहर बनाउन सो योजनाले सहयोग पुग्ने धारणा व्यक्त गरे।
‘यो परियोजना सम्पन्न भएपछि वीरगञ्ज ‘फोहरमुक्त, स्वच्छ र हरित सहर’ बन्ने दिशामा ठोस र दीर्घकालीन कदम अघि बढ्नेछ’, उनले भने, ‘हाम्रो उद्योगले सामाजिक उत्तरदायित्वअन्तर्गत यो लगानी गरेको हो । नाफामुखी व्यापारसँगै हामी समाज र वातावरण दुवैप्रति उत्तरदायी रहन चाहन्छौँ ।’
सम्झौताअनुसार, महानगरको फोहर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा पूर्ण रूपमा निजी लगानीमा फोहर प्रशोधन प्लान्ट निर्माण गरिनेछ । निर्माण सम्पन्न भएपछि उक्त प्लान्ट वीरगञ्ज महानगरलाई हस्तान्तरण गरिनेछ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम