
काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयर लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्रीमा आएको छ । कम्पनीले साउन १५ देखि भदौ १९ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेकोमा सर्वसाधारण समूहतर्फको १ लाख ८९ हजार ९२७ कित्ता सेयरका लागि आवेदन नपरेपछि बाँकी बसेको थियो ।
बाँकी रहेको उक्त सेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँका दरले गोप्य शिलबन्दी बोलपत्र मार्फत् खरीदका लागि आह्वान गरेको हो । आवेदन दिंदा न्यूनतम १०० कित्ताका लागि र बढीमा १० ले निःशेष भाग जाने संख्यामा वा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ । बोलपत्र असोज २८ गते मंगलबारदेखि कात्तिक ११ गते मंगलबार दिउँसो ३ बजेभित्र पेश गरिसक्नु पर्नेछ । बोलपत्र फाराम काठमाडौंको कमलपोखरीस्थित कम्पनीको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको पाइनेछ ।
यसका साथै लक्ष्मी सनराइज बैंकको विराटनगर–हनुमान दास सडक, वीरगन्ज–आदर्शनगर, हेटौंडा, पोखरा–न्युरोड, बुटवल–मिलनचोक, वीरेन्द्रनगर–वीरेन्द्रचोक र धनगढी–लक्ष्मी नारायण चोकमा पनि पाइनेछ । यसमा संस्थापक शेयरधनी, सर्वसाधारण व्यक्ति, संघसंस्था लगायत इच्छुक जोकोहीले आवेदन दिन सक्नेछन् ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व