
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोजमा भएको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालनका क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति भएको जनाएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारी वर्षाका कारण कृषि बाली, पशुपन्छी, पूर्वाधार र बीउबिजनतर्फ भएको क्षतिको विवरण सङ्कलन गरेको हो । मन्त्रालय मातहतका सबै प्रदेशमा रहेका कृषि कार्यालयले सम्बन्धित स्थानीय तहको समन्वय र सहयोगमा क्षतिको तथ्याङ्क सङ्कलन गरेका हुन् ।
मन्त्रालयले सङ्कलन गरेको तथ्याङ्ककका आधारमा बाढीबाट प्रभावित किसानलाई सहयोग, सुविधा, बिमाको सहजीकरण तथा राहत उपलब्ध गराउन राष्ट्रिय विपद् प्राधिकरणसँग मन्त्रालयले समन्वय गर्ने सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । उनका अनुसार मन्त्रालयले क्षतिको थप विश्लेषण गर्न कार्यदल गठन गरेको छ ।
खेतमा काटेर राखिएको धान सबै पानीले भिजेर कुहिएको तथा वर्षाले धानबालीमा पुर्याएको क्षतिका कारण उत्पादनमा समेत कमी आउने प्रक्षेपण गरिएको सूचना अधिकारी जोशीले बताए । उनका अनुसार काटेको धान उठाउन नपाउँदा ठूलो क्षति भएकाले सम्बन्धित किसानलाई आवश्यकताअनुसार सहयोग तथा सुविधा उपलब्ध गराइनेछ ।
मल, बीउबिजन, प्रविधि, प्राविधिक सीपलगायत क्षेत्रमा सहयोग उपलब्ध गराउँदै आएको मन्त्रालयसँग पर्याप्त बजेट नभएकाले विपद् प्राधिकरणमार्फत एकद्वार प्रणालीबाट प्रभावित किसानलाई सहयोग प्रदान गरिने जोशीले जानकारी दिए ।
उनका अनुसार क्षतिको तथ्याङ्ककका आधारमा आगामी दिनमा थप सतर्कता तथा जोखिम न्यूनीकरणका उपायसम्बन्धी अध्ययन तथा अनुसन्धान गरी विस्तृत रूपमा योजना निर्माण गरी कार्यान्वयन गरिने छ ।













समाचार
बीमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा
धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै
चार कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’
गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ऊर्जा र पर्यटन मन्त्रीद्वारा ‘हेलो सरकार’को अवलोकन
हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी
मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न
जोखिममा आधारित पूँजी सम्बन्धी अन्तरक्रिया सम्पन्न
केवाईसी विवरण अद्यावधिक गर्न बीमितलाई सानिमा रिलायन्सको आग्रह
२ दिन राहदानी सेवा बन्द हुने
मौद्रिक नीतिलाई उधोग बाणिज्य महासंघले गर्यो स्वागत,मौद्रिक र वित्तीय नीतिको समन्वय भएमा अपेक्षाकृत आर्थिक रूपान्तरण सम्भव