
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा लुम्बिनी लायन्सले चितवन राइनोज माथि सहज जित निकालेको छ । लुम्बिनीले चितवनलाई ६ विकेटले पराजित गरेको हो ।
चितवनले दिएको १४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीका लागि गुल्बादिन नइबले सर्वाधिक अविजित ४४ रन बनाए । उनले २४ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । कप्तान रोहित पौडेल ३९, सन्दीप जोराले २८, डार्सी सर्ट ११, दीलिप नाथ १० रनमा आउट भए । जेजे स्मित ४ रनमा अविजित रहे । बलिङमा चितवनका रिजन ढकालले २ र सोहिल तन्विरले एक विकेट लिए ।
यस अघि टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४२ रन बनाएको थियो । चितवनका लागि रवि बोपाराले सर्वाधिक ६६ रन बनाए । कप्तान कुशल मल्ल २१, सैफ जैब १५, दीपक बोहरा १०, देव खनाल १४ रनको योगदान दिए । बलिङमा लुम्बिनीका रुवेन ट्रम्पेल्मेनले सर्वाधिक ३ विकेट लिए । अभिषेश गौतम र गुल्बादिन नइबले दुई–दुई विकेट लिए ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू