
काठमाडौं । एसीसी महिला टी–२० प्रिमियर कप क्रिकेटअन्तर्गत पहिलो क्वार्टरफाइनल खेलमा नेपालले आज थाइल्याण्डसँग खेल्दैछ । खेल मलेसियाको बायुमास ओभलमा नेपाली समयअनुसार बिहान सवा ७ बजे शुरु हुनेछ । समूह ‘ए’ को विजेताका रूपमा थाइल्याण्ड तथा समूह ‘डी’ को उपविजेताका रूपमा नेपाल क्वार्टरफाइनलमा पुगेका हुन् । सेमिफाइनलमा पुग्न नेपालले यो प्रतियोगिताको बलियो टोली थाइल्याण्डलाई हराउनुपर्नेछ ।
नेपाल समूह चरणको अन्तिम खेलमा हङकङसँग ६९ रनले पराजित भएको थियो । त्यसअघि नेपालले कतारलाई ८ विकेट र भुटानलाई ५१ रनले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो । थाइल्याण्डले जापान, म्यानमार, मङ्गोलिया र बहराइनलाई पराजित गर्दै समूह विजेता बनेको हो ।
नेपाल र थाइल्याण्डबीच अहिलेसम्म ६ वटा टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन् । ती सबै खेलमा नेपाल पराजित भएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह