
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को आजको दोस्रो खेलमा विराटनगर किङ्स विजयी भएको छ । विारटनगरले कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको हो ।
कर्णाली दिएको १६१ रनको लक्ष्य विराटनगरले एक बल बाँकी छँदा ७ विकेट गुमाएर पुरा गरेको हो । विराटनगरका लागि बासिर अहमदले अविजित ६२ रनको योगदान दिए । नारायण जोशीले २५ रन बनाए भने साहील पटेलले १९ रनको योगदान दिए । कर्णालीका लागि सोमपाल कामी र गुल्सन झाले समान २ विकेट लिए । पवन सराफ, नन्दन यादब र विलियम बोसिस्टोले एक एक विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको कर्णालीले ३ विकेट गुमाएर १६० रन बनाएको थियो । कर्णालीका लागि प्रियांक पञ्चालले सर्वाधिक ६३ रनको योगदान दिए । त्यस्तै विलियम वसिस्टोले ४८ रनको रन बनाए । नजिबुल्लाह जड्रान १२ रनमा अविजित रहे । विराटनगरका लागि मर्चेन्ट र सन्दीपले एक–एक विकेट लिएका थिए ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह