प्रतिकित्ता ३९० रुपैयाँमा छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । लघुवित्तले सेयरधनी सुनिल कुमार रायको नाममा रहेको २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

कम्पनीले प्रतिकित्ता न्यूनतम ३९० रुपैयाँमा सेयर बिक्रीमा राखेको हो । यसअघि कम्पनीकै विद्यमान संस्थापक सेयरधनीलाई खरीद आह्वान गरिएकोमा निवेदन प्राप्त नभएपछि अहिले सर्वसाधारणले किन्न पाउने गरी बिक्री खुलाइएको हो ।

इच्छुक खरीदकर्ताले अबको १५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार