
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई पराजित गरेको छ । यो महत्वपूर्ण जितसँगै लुम्बिनीको प्लेअफ पुग्ने सम्भावना समेत कायमै राखेको हो ।
लुम्बिनीले विराटनगर माथि ५ विकेटको जित निकालेको हो । विराटनगरले दिएको १४५ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । लुम्बिनीको यो ६ खेलमा तेस्रो जित हो । ६ खेलबाट ६ अंक जोडेको लुम्बिनी चौथो स्थानमा उक्लेको छ । लुम्बिनीले अब लिगको अन्तिम खेल जनकपुर बोल्ट्ससँग शुक्रबार खेल्नेछ । उक्त खेल जित्दै अन्य खेलको नितजा आफू अनुकुल आएमा लुम्बिनी प्लेअफ पुग्नेछ ।
अर्कोतर्फ विराटनगरले भने ६ खेलमा दोस्रो हार व्यहोरेको छ । ६ खेलबाट ८ अंक रहेको विराटनगर तेस्रो स्थानमा छ । तर, विराटनगरले लिगमा आफ्नो अन्तिम खेल आउने शनिवार प्लेअफ पुगिसकेको सुदूरपश्चिम रोयल्सँग खेल्नेछ । आजको जितमा लुम्बिनीका लागि डार्सी सर्टले सर्वाधिक ५७ रन बनाए । यस्तै विकेटकिपर निरोशन डिकवेलाले अविजित २९ रन योगदान दिए । सन्दीप जोराले २४ र दिलीप नाथले १६ रन जोडे । सुमित महर्जनले १० रन जोडे । बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने र सुभाष भण्डारीले २/२ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनाएको थियो । विराटनगरका लागि लोकेश बमले ३५ रन जोडे । यस्तै बसिर अहमदले २८ रन योगदान दिए । साम हिजलेटले २७ रन बनाए भने एनपीएलमा डेब्यु गर्दै ओपनिङ गरेका दक्षिण अफ्रिकी खेलाडी फाफ डु प्लेसी १२ रन बनाएर आउट भए । बलिङमा लुम्बिनी लायन्सका शेर मल्लले ३ विकेट लिए । जेजे स्मिथ, अभिशेष गौतम र रुबेन ट्रम्पलम्यानले १–१ विकेट लिए ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह