काठमाडौं । शरद ओझाले नेपाल सरकार मन्त्रिपरिषदका विरुद्धमा दायर गरेको रिटमाथि सर्वोच्च अदालतले छानविन समितिको प्रतिवेदन झिाउन आदेश दिएको छ । बुधबारको सुनुवाईमा कुनै नयाँ आदेश नदिई छानविन समितिले दिएको प्रतिवेदन झिकाउन आदेश जारी गरेको हो ।
न्यायाधीश विनोद शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले ओझाले दायर गरेको मुद्दामा अन्तरिम आदेश जारी गर्ने वा हाल जारी अल्पकालिन अन्तरिम आदेश खारेज गर्नुअघि छानविन समितिको फाइल झिकाउन आदेश जारी गरेको हो । उक्त मुद्दामाथि यही मंसिर २८ गते फेरि सुनुवाई हुनेछ ।