काठमाडौं । साताको सेयर कारोबार हुने दोस्रो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.०३ अंकले घटेर २६०९.६६ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा ३३ कम्पनीको सेयर मूल्य घटेको छ भने १५ कम्पनीको सेयर मूल्य यो सेसनमा बढेको छ । त्यस्तै यो सेसनमा आज ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स भने ०.०९ अंकले बढेर ४४८.३४ विन्दुमा पुगेको छ ।
आजको प्रि ओपन सेसनमा ५२ कम्पनीका २१ हजार ४८० कित्ता सेयर ८२ पटक कारोबार हुँदा ७७ लाख ९० हजार १८४ रुपैयाँको कारोबार भएको छ ।