
काठमाडौं । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ २१ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) र ४३८ जना प्रहरी सहायक निरीक्षक (असई) माग गर्दै नयाँ भर्ना खुलाएको छ । प्रहरीले खुलातर्फ १२ जना इन्स्पेक्टर र २३६ जना असई माग गरेको छ भने बाँकी समावेशी समूहतर्फबाट माग गरेको छ । इन्स्पेक्टरका लागि पुस ६ गतेदेखि माघ ५ गतेसम्म र असईका लागि पुस ९ गतेदेखि माघ ८ गतेसम्म आवेदन दिन सकिनेछ ।
इन्स्पेक्टरका लागि २० वर्ष पूरा भई २५ वर्ष ननाघेको र असईका लागि १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनु पर्नेछ । शैक्षिक योग्यतातर्फ इन्स्पेक्टरका लागि स्नातक वा सो सरहको परीक्षा उत्तीर्ण गरेको र असईतर्फ प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ ।

फेसबुक प्रतिक्रिया













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल