
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका दुवै रिट आइतबार ‘हेर्न नमिल्ने’मा परेका छन् । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश सारंगा सुवेदीको संयुक्त इजलासमा परेका रिट ‘हेर्ने नमिल्ने’ पेसी सूचीमा जनाइएको छ ।
दुवैले एकार्कासहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, विद्युत् प्राधिकरण र विद्युत् नियमन आयोगलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । मन्त्रिपरिषद् निर्णयबाट बर्खास्त गरिएका घिसिङले आफूलाई कार्यकाल नसकिँदै बिनाकारण पदबाट हटाइएको भन्दै पुनर्बहालीका निम्ति अन्तरिम आदेश माग गरेका छन् ।
नवनियुक्त कार्यकारी निर्देशक शाक्यले भने घिसिङको नियुक्ति नै गैरकानुनी भएकाले आफ्नो पुनर्नियुक्तिमा प्रश्न उठाउन नसकिने जिकिर गरेका छन् । सर्वोच्चले आइतबार छलफलका निम्ति दुवै पक्षलाई डाकेको थियो । घिसिङको रिटमा अन्तरिम आदेश नभएमा हितेन्द्रले निरन्तर काम गर्न पाउनेछन् । घिसिङले अन्तरिम आदेश पाएमा शाक्य पुनः संकटमा पर्ने छन् ।













समाचार
वर्षाले नेपाल–भारत दुई सीमा स्तम्भ डुबानमा
ऊर्जामन्त्री श्रेष्ठ र एडिबी राष्ट्रिय निर्देशक कोशवाबीच भेट :बाढीपछि एडीबीले वैज्ञानिक तथा प्राविधिक सहयोग गर्ने
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि
करिब साढे १७ अंक घट्यो सेयर बजार, ६ अर्ब २८ करोडको कारोबार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?