
काठमाडौं । नेपाल शेर्पा विद्यार्थी संघले आफ्नो १५औँ राष्ट्रिय महाधिवेशन आगामी माघ ३ गते (शनिबार) आयोजना गर्ने भएको छ। देशभरका शेर्पा विद्यार्थीहरूको हक–हित संरक्षण, शैक्षिक उत्थान र नेतृत्व विकासका क्षेत्रमा संघ निरन्तर सक्रिय रहँदै आएको छ। संघले उक्त महाधिवेशनलाई महत्वपूर्ण कार्यक्रमका रूपमा अघि सारेको हो।
संघका केन्द्रिय अध्यक्ष फुर्वा छिरिङ शेर्पाकानुसार महाधिवेशनलाई भव्य र सफल बनाउनका लागि तयारी तीव्र पारेको जनाएको छ। महाधिवेशन सञ्चालनका लागि ४०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। संघका अनुसार महाधिवेशनमा संगठनको हालसम्मको गतिविधि समेटिएको संगठनात्मक प्रतिवेदन महासचिवद्वारा र आर्थिक प्रतिवेदन कोषाध्यक्षद्वारा प्रस्तुत गरिनेछ। महाधिवेशनको संयोजकमा संघकै अध्यक्ष फुर्वा छिरिङ शेर्पा, सह –संयोजकमा वरिष्ठ उपाध्यक्ष गेलु शेर्पा तथा महाधिवेशन सचिवमा महासचिव पेम्बा ग्याल्जेन शेर्पा रहेका छन् ।
संघले यस महाधिवेशनलाई शेर्पा विद्यार्थी आन्दोलनलाई थप सशक्त बनाउने, संगठनात्मक एकता सुदृढ गर्ने तथा भावी कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ। संघका केन्द्रीय पदाधिकारीहरूले देशभरका प्रतिनिधि, सदस्य तथा शुभेच्छुकहरूलाई महाधिवेशनमा सक्रिय सहभागिताका लागि आह्वान गरेका छन्।














समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम