काठमाडौं । हालसम्मकै उच्च मूल्यबाट सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको हो। यससँगै आज सुनको मूल्य तोलामा २ लाख ७० हजार रुपैयाँ कायम भएको छ ।
हिजो प्रतितोला छापावाला सुनको मूल्य तोलामा २ लाख ७० हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो । यो हालसम्मकै उच्च मूल्य थियो ।
यता, चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेर प्रतितोला चार हजार ८९५ रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च हो ।