
काठमाडौं । सालपा विकास बैंक लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले पुस १६ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरिरहेको आईपीओमा आवेदन दिने आज पुस २० गते अन्तिम दिन रहको हो ।
बैंकले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरी बाँडफाँड गरेपश्चात् दोश्रो चरणमा सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । बैंकले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो । जसमध्ये १ लाख ७२ हजार ३८८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा बाँडफाँड गरिसकेको छ ।
बैंकले अब बाँकी सेयरमध्ये ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषहरूलाई र २६ हजार ११९ कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको १४ लाख ३९ हजार १७९ कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गरेको हो । यसमा आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि दिनु पर्नेछ भने अधिकतममा २५ हजार कित्तासम्म माग गर्न सकिनेछ । आवेदन पुस २० गते बैंकिङ्ग समयसम्म दिन सकिनेछ । तर पर्याप्त आवेदन नपरेमा पुस ३० गतेसम्म लम्बिनेछ । बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह