काठमाडौं । सोमबार पनि पनि सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो दिन पनि २५ अंक माथिको गिरावट आएको बजारमा आज पनि करिब ५६ अंकको गिरावट आएको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक ५५ दशमलव ८६ अंकले घटेर २६४६ दशमलव ०३ विन्दुमा पुगेको छ । यो अघिल्लो कारोबार दिन भन्दा २.०६ प्रतिशतले कम हो । पछिल्लो समय लगातार रुपमा बजार घटीरहेको छ । आज सेयर बजारमा जम्मा २२ कम्पनीको सेयर मूल्य मात्रै बढ्यो । त्यस्तै २२२ कम्पनीको सेयर मूल्य घटेको छ ।
परिसूचकसँग आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन १० अर्ब भन्दा बढीको कारोबार भएको बजारमा आज ९ अर्ब भन्दा केही मात्रै बढीको कारोबार भएको छ । आज सेयर बजारमा ३२७ कम्पनीका २ करोड १० लाख ४८ हजार ९११ कित्ता सेयर १ लाख ११ हजार ९८६ पटक खरिद बिक्री हुँदा ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार ४२५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापस सेन्सेटिभ इन्डेक्स पनि १० दशमलव ५३ अंकले घटेर ४६९ दशमलव १८ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा २.१९ प्रतिशतले कम हो । आज सेयर बजारमा १३ उपसूचकमध्ये १३ वटाकै सेयर मूल्य घटेको छ ।











समाचार
बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा
जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
एनपिएलको तयारी अन्तिम चरणमा: कीर्तिपुर मैदानमा के-के फेरिँदै छ?
दसैंको टीका कात्तिक ४ गते, उत्तम साइत बिहान १०ः२६ बजे
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी विनिमयदर : डलर र युरो मंहगियो, पाउण्ड सस्तीदा कुनको मूल्य कति ?