
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ता सविता भण्डारीले सोमबार महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गरेकी छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले महान्यायाधिवक्ता भण्डारीले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन बुझाएको जानकारी दिएका हुन् ।
प्रतिवेदन बुझेपछि राष्ट्रपति पौडेलले वार्षिक प्रतिवेदनमा उल्लेखित विषय कार्यान्वयन हुने विश्वास व्यक्त गर्दै यसका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने बताएका छन् । प्रतिवेदन बुझाएपछि महान्यायाधिवक्ता भण्डारीले वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०८१/८२ मा गरिएका अभियोजनसम्बन्धी मुद्दाको विवरण, सरकारको हकहित, सरोकार रहेका रिट तथा मुद्दामा गरिएका बहस पैरवी र प्रतिरक्षासहित सुझाव समेटिएको प्रतिवेदन पेश गरिएको बताएकी छन् ।
भण्डारीले कानुनी रायसम्बन्धी विवरण, महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयका स्रोतसाधनको अवस्था, भौतिक स्थिति, जनशक्तिको विवरण, कार्य सम्पादनमा देखिएका समस्या र चुनौती तथा सुझाव समेटिएको जानकारी दिएकी छन् ।













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान