
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको २०औँ वार्षिक साधारण सभा मंगलबार काठमाडौंमा सम्पन्न भएको छ। साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन र २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति लगायतका प्रस्तावहरू पारित गरेको छ।
सभामा बैंक सञ्चालक समिति, प्रमुख कार्यकारी अधिकृत, उपकार्यकारी अधिकृत, शेयरधनी र अन्य अतिथिहरू उपस्थित थिए। अध्यक्ष देव कुमार ढकालले बैंकले संस्थागत सुशासन र प्रविधिमा आधारित सेवामा जोड दिँदै ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गरिरहेको बताए।
उनले बैंकले ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्न समयानुसार सेवा सुविधा परिमार्जन गर्दै, प्रविधिमा आधारित विभिन्न सेवाहरूमार्फत काम गर्दै आएको जानकारी दिए। साथै बैंकिङ क्षेत्रमा बढ्दो प्रतिस्पर्धासँग सामना गर्न आफ्नो प्रतिस्पर्धी क्षमता बढाउने र समयानुकूल कार्य पद्धति विकास गर्ने उद्देश्यले आन्तरिक नीति, नियम, निर्देशिका र कार्यविधिहरूमा आवश्यक परिमार्जन गर्दै आएको पनि उनले उल्लेख गरे।
बैंकले हाल ७७ जिल्लामा ३१२ शाखा, ७१ एक्सटेन्सन काउन्टर, ३२२ एटिएम र ९९ शाखा रहित बैंकिङ्ग मार्फत सेवा प्रवाह गर्दै आएको छ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम