केएमसी, चाँदबाग र चेल्सी सेमिफाइनलमा

काठमाडौं। आयोजक केएमसी, द चाँदबाग स्कुल र चेल्सी वल्र्ड स्कुल पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका  छन् ।

बुद्धनगरस्थित घरेलु कोर्टमा केएमसीले हिमालीलाई १५–९ ले पराजित ग¥यो । केएमसीकी आकृषा घिमिरेले १२ अंक जोडिन् । चाँदबागले गोल्डेन फ्लावरलाई २४–१४ ले  हरायो । चाँदबागकी अमौलिका खड्काले १५ स्कोर गरिन् । चेल्सीले डिफेन्डिङ च्याम्पियन रिब्समाथि २८–२४ को जित दर्ता ग¥यो । सेमिफाइनलमा चेल्सीको भेट केएमसीसंग हुनेछ भने चाँदबागले रिब्सको सामना गर्ने छ ।

सिनियर ब्वाइज र जुनियर ब्वाइजमा क्वाटरफाइनल समीकरण पूरा भएको छ । सिनियर ब्वाइजको क्वाटरफाइनल बाल दीक्षा सदन र सेवा सदन, मार्वलस र आयोजक केएमसी ‘बी’, भीएस निकेतन र काठमाडौं जेभियर्स पब्लिक स्कुल तथा गोल्डेनपिक र माइलस्टोनबीच हुनेछ ।
जुनियर ब्वाइजको क्वाटरफाइनलमा इडेन ब्रिज एकेडेमी (इबीए) ले गोल्डेन फ्लावर, गोल्डेनपिकले मानाङ्क चिल्ड्रेन, ग्रिन लन्सले हिमाली तथा ग्रिनफिल्डले सनसाइन विरुद्ध प्रतिस्पर्धा गर्ने छन् । सिनियर÷जुनियर ब्वाइजको क्वाटरफाइनल बिहीबार हुनेछ । तीन विधाको सेमिफाइनल शुक्रबारलाई तय गरिएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार