
काठमाडौं । नेपाल प्रहरीका स्वनिम मानन्धर र नेपाल आर्मीका प्रवीण मानन्धर राष्ट्रिय काष्ठमण्डप कराते प्रतियोगिताको पुरुष एकल कातामा बुधबार फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहल भइरहेको प्रतियोगिताको सेमिफाइलनमा स्वनिमले एपीएफका मनीष कार्की तथा प्रवीणले बागमती प्रदेशका अमृत ठोकरलाई पराजित गरे । उक्त स्पर्धाको महिलामा एपीएफकी सन्जु देसारले बागमतीकी दीपा पुन तथा नेपाल प्रहरीकी एलिशा रास्कोटी मगरले आर्मीकी सानुमाया थिङलाई हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।
नेपाल सितोरियो कराते संघ, शाखा डोजो लैनचौरद्वारा आयोजित प्रतियोगिताको पुरुष÷महिला टिम कातामा आर्मी र प्रहरीले उपाधि भिडन्त पक्का गरे । प्रतियोगिताको राखेपका सदस्य–सचिव रामचरित्र मेहताले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा अन्तर्राष्ट्रिय पदक विजेता निरुपा दोङ तामाङ र रेहान जावेदलाई जनही २० हजारसहित सम्मान गरिएको थियो । कराते प्रशिक्षकत्रय राजेन्द्र कपाली, अक्बर शाह र विजयमान थापा पनि सम्मानित भए ।
उद्घाटनका अवसरमा राखेप कार्यकारी समितिका सदस्यद्वय कमलबहादुर भट्टराई र रञ्जना प्रधान, राखेपका सदस्य जगतसिंह धामीलगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा सातै प्रदेश, नेपाल प्रहरी, नेपाल आर्मी र एपीएफ गरी १० टिमबाट २ सय १० खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक रामकुमार थारुले जनाएका छन् । पुरुषमा ९ र महिलामा ८ गरी १७ स्पर्धामा समावेश छन् । टिम च्याम्पियनले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।













समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद