
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको चालू आर्थिक वर्ष २०८२/८३ को दोश्रो त्रैमासिकसम्मको अवधिमा ३० करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीले गत आवको भन्दा ५४ प्रतिशतले नाफा बढाएको हो ।
बैंकले चालू आवको पुस मसान्तसम्म ३० करोड २५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत आवको पुस मसान्तसम्म बैंकको यस्तो नाफा १९ करोड ६५ लाख रुपैयाँ थियो । त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी पनि ९१ करोड ८२ लाख रुपैयाँबाट १८.४९ प्रतिशतले बढेर १ अर्ब ८ करोड ८० लाख रुपैयाँ नाघेको छ भने कुल सञ्चालन आम्दानी १ अर्ब ५ करोड २४ लाख रुपैयाँबाट बढेर १ अर्ब २५ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।
बैंकले गत आवको पुस मसान्तसम्म २८ करोड ३२ लाख रुपैयाँ सञ्चालन नाफा कमाएकोमा त्यसको तुलनामा चालू आवको पुस मसान्तसम्म सञ्चालन नाफा ५९.३३ प्रतिशतले बढेर ४५ करोड १३ लाख रुपैयाँ नाघेको छ । त्यसैगरी समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ११.४६ रुपैयाँबाट बढेर १६.२१ रुपैयाँ पुगेको र खराब कर्जा (एनपीएल) ४.९९ प्रतिशतबाट बढेर ६.८७ प्रतिशत पुगेको वित्तीय विवरणले देखाएको छ। बैंकको प्रतिसेयर नेटवर्थ भने १५३.२४ रुपैयाँ रहेको छ ।
चुक्ता पुँजी ३ अर्ब ७३ करोड ४० लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ९ करोड ४६ लाख रुपैयाँ र रिजर्भ कोषमा १ अर्ब ८९ करोड ३३ लाख रुपैयाँ सञ्चित रहेको छ । बैंकले ४४ अर्ब ४० करोड ८३ लाख रुपैयाँ कर्जा प्रवाह गरी ५४ अर्ब ३९ करोड २४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।













समाचार
‘विद्यमान कानुनबाट नै निजी क्षेत्रलाई पावर ट्रेडिङको लाइसेन्स दिन सम्भव’
सिरुबारी पहिरोः बेनी-जोमसोम सडकको मुख्य चुनौती
ईभीमा प्रयोग हुने ब्याट्रीको दर्ता, ट्र्याकिङ, संकलन, पुनःप्रयोग र रिसाइक्लिङका लागि स्पष्ट तथा व्यवस्थित प्रणाली आवश्यक : सरोकारवालाहरु
नाइमा एक्स्पोमा बढ्दो भीड, शनिबार र आइतबार व्यवस्थापनमा विशेष तयारी
झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
एनसेलसँग सम्वन्धित प्रतिवेदन सार्वजनिक नगर्न र क्रियान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
महानगर प्रमुख आचार्यसँग रसियन दूतावासका प्रतिनिधिको भेट
पाँचतारे होटललाई ग्यास कालोबजारीको आरोप लगाएको भन्दै हानको आपत्ति
‘ग्यासको आपूर्ति निरन्तर बढिरहेको छ, अनावश्यक सञ्चय नगरौँ’