
काठमाडौं । बुधबार सेयर बजार परिसूचक सामान्य अंकले बढेर कारोबार भएको छ । अघिल्लो दिन उच्च अंकको गिरावट आएको बजारमा आज भने ५.३८ अंकले बढेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक २७३१.८९ विन्दुमा पुगेको हो । आज सेयर बजारमा १४१ कम्पनीको सेयर मूल्य बढेको छ भने ११२ कम्पनीको घटेको छ । आज ७ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स भने ०.१९ अंकले घटेर ४६४.२६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ८ वटाको मूल्य बढेको छ भने ५ वटाको घटेको छ ।
परिसूचक बढेको दिन सेयर बजारमा करिब साढे ११ अर्बको कारोबार भएको छ । आज सेयर बजारमा ३३४ कम्पनीका २ करोड ३६ लाख १८ हजार १८६ कित्ता सेयर १ लाख २१ हजार ९९२ पटक खरिद बिक्री हुँदा ११ अर्ब ४९ करोड ३९ लाख ८९ हजार १८५ रुपैयाँको कारोबार भएका छ । आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।












समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हर्मुजमा अलपत्र परेका जहाजहरू ‘सुपर-स्प्रेडर’ बन्न सक्ने चेतावनी
अप्पर सोलु हाइड्रोले एक वर्षमा कमायो २० करोड ८७ लाख नाफा, इपीएस कति ?
पञ्चकन्या माई हाइड्राको वित्तीय अवस्था : करिब ७ करोडको नोक्सानी पुरा गरि ६ करोड ६८ लाख नाफामा
२८८ प्रतिशतले बढ्यो तेह्रथुम पावर कम्पनीको नाफा, अन्य सूचक कस्ता ?
अन्तर्राष्ट्रिय हवाई भाडा कम गर्न माग
देशका विभिन्न भागमा सडकमा यातायात प्रभावित, कुन कुन राजमार्गमा रोक ?
गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित
विदेशबाट भाइले पठाइदिएको मोबाइलले खिचेको तस्बिर बन्यो उत्कृष्ट