
काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको तुलनामा चालु आवमा करिब २८ प्रतिशतले नाफा बढेको हो ।
६ महिनामा हाल सञ्चालनमा रहेको ८ विकास बैंकले ३ अर्ब ३१ करोड ११ लाख ७६ हजार रुपैयाँ नाफा आर्जन गरेको छन् । उक्त नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २७.९७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ६ महिनामा विकास बैंकहरुको नाफा २ अर्ब ५८ करोड ७५ लाख रुपैयाँ रहेको थियो । सार्वजनिक वित्तीय विवरण अनुसार सर्वाधिक नाफा आर्जन गर्नेमा मुक्तिनाथ विकास बैंक पहिलो नम्बरमा रहेको छ । बैंकको नाफा ३३.५७ प्रतिशतले बढेर ६७ करोड २० लाख रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको सो अवधिमा बैंकको नाफा ५० करोड ३१ लाख रुपैयाँ रहेको थियो ।
त्यस्तै पुस मसान्तसम्मको अवधिमा धेरै नाफा आर्जन गर्ने दोस्रो नम्बरमा गरिमा विकास बैंक छ । बैंकको नाफा १५.६३ प्रतिशतले बढेर ६३ करोड ५१ लाख रुपैयाँ रहेको छ । धेरै नाफा आर्जन गर्ने विकास बैंकमा यी गरिमा र मुक्तिनाथ बीच कडा टक्कर देखिएको छ । समिक्षा अवधिमा शाइन रेसुङ्गा बैंकको नाफा २२.१९ प्रतिशतले बढेर ४० करोड ४२ लाख रुपैयाँ पुगेको छ । त्यस्तै कामना सेवा विकास बैंकको २२.३४ प्रतिशतले बढेर ३९ करोड ४५ लाख, ज्योति विकास बैंकको २४.४४ प्रतिशतले बढेर ३१ करोड १२ लाख, महालक्ष्मी विकास बैंकको ६.४१ प्रतिशतले बढेर ३० करोड ५९ लाख र सांग्रिला डेभलपमेन्ट बैंकको ५३.९५ प्रतिशतले बढेर ३० करोड २५ लाख रुपैयाँ पुगेको छ ।
राष्ट्रिय स्तरका विकास बैंकमध्ये सबैभन्दा कम नाफा कमाउने बैंकमा लुम्बिनी विकास बैंक रहेको छ । बैंकको नाफा ९३.३२ प्रतिशतले बढेर २८ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि