
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालमा वित्तीय सेवामा सर्वसाधारणको पहुँच र सहभागिता उल्लेखनीय रूपमा विस्तार भएको छ । नेपाल राष्ट्र बैंकले तयार पारेको वित्तीय समावेशन सूचकांकले देशको वित्तीय समावेशन स्तर अघिल्लो वर्षको तुलनामा बढेको देखाएको हो ।
आर्थिक वर्ष २०८१/८२ मा नेपालको वित्तीय समावेशन सूचकांक ०.५३ मा पुगेको छ, जुन गत वर्ष ०.४७ मा सीमित थियो । सूचकांकका तीनवटै आधारभूत आयाममा सकारात्मक परिवर्तन देखिएको छ । वित्तीय पहुँचतर्फ हेर्दा सूचकांक ०.५३ पुगेको छ, जसले देशभर बैंक तथा वित्तीय संस्था, शाखा, सेवा केन्द्र र डिजिटल वित्तीय माध्यमहरूको दायरा बढ्दै गएको छ ।
त्यसैगरी, वित्तीय सेवा उपयोगसम्बन्धी सूचकांक ०.५४ पुगेको छ । नागरिक तथा घरपरिवारहरूको बैंक खाता सञ्चालन, डिजिटल भुक्तानी, बीमा तथा अन्य वित्तीय सेवामा संलग्नता विस्तार भइरहेको कुरा उक्त प्रतिवेदनमा उल्लेख गरेको छ । वित्तीय सेवाको गुणस्तर मापन गर्ने सूचकांक पनि ०.५० मा पुगेको छ ।














समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान