
काठमाडौं । एक्स मकाउ बक्सिङ ग्रुपले आईवा पुरुष विश्व बक्सिङ च्याम्पियनशिपमा ऐतिहासिक कांस्य पदक जितेका चन्द्रबहादुर थापालाई बुधबार नगदसहित सम्मान गरेको छ । सोही अवसरमा उक्त प्रतियोगितामा क्वाटरफाइनल यात्रा तय गरेका लालप्रसाद उप्रेती पनि नगदसहित सम्मानित भए ।
डिसेम्बर ३ देखि १३ तारिखसम्म दुबईमा भएको उक्त प्रतियोगिताको पुरुष ५४ केजीमा चन्द्रले कांस्य पदक जितेका थिए । विश्व बक्सिङ च्याम्पियनसिपमा पदक जित्ने चन्द्र एक्लो नेपाली बक्सिङ खेलाडी हुन् । उनले ३ राष्ट्रका खेलाडीलाई हराउदै सेमिफाइनल यात्रा तय गरेका थिए । चन्द्रले ३० हजार र लालबहादुर २० हजार नगद पुरस्कार पाए । पुरस्कार राशीका लागि एक्स मकाउ बक्सिङ ग्रुपका संयोजक तेजबहादुर चन्दले समन्वय गरेको नेपाल बक्सिङ महासंघका सचिव पुष्करराज पन्तले जनाएका छन् ।
सोही अवसरमा प्रशिक्षकत्रय बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगर, दीपक महर्जन र सुजित पुनलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो । उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले, महासचिव मानबहादुर भण्डारीलगायतले एक कार्यक्रमबीच सम्मान गरे ।













समाचार
पोखरा र समृद्धि फाइनान्सको एकीकृत कारोबार आजदेखि
बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित
वर्षामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
भुजुङ हाईड्रोपावरको ५० हजार कित्ता सेयरको लक–इन अवधि साउनमा समाप्त हुने
रिलायबल नेपाल लाइफको करिब पौने ४ लाख सेयरको लकइन अवधि साउनमा सकिदै
हिमालयन लाइफको व्यतित बीमालेखको बिलम्ब शुल्कमा ५० प्रतिशत छुट
सोपान मल्टिपल कम्पनीको जगेडा सेयर बिक्री समय थप
सूर्योदय वोमी लघुवित्तको ३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने