
काठमाडौं । आजदेखि भारत र श्रीलंकामा संयुक्त रूपमा आईसीसी टी–२० विश्वकपको १० औं संस्करण सुरु हुँदैछ । पहिलो दिन भारत र श्रीलंकामा गरेर कुल ३ खेल हुनेछन् । समूह ‘ए’ अन्तर्गत पहिलो खेलमा पाकिस्तान र नेदरल्यान्ड्स खेल्नेछन् । खेल कोलम्बोमा विहान नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।
यस्तै दोस्रो खेलमा नेपाल रहेकै समूह ‘सी’ मा रहेका स्कटल्यान्ड र वेस्ट इन्डिज खेल्नेछन् । खेल दिउसो सवा ३ बजेद्खि कोलकातामा सुरु हुनेछ । यस्तै आजको तेस्रो खेलमा भने सबैभन्दा बढी नजर रहनेछ । समूह ‘ए’ कै खेलमा आयोजक र भारत र अमेरिकाबीचको खेल साँझ सवा ७ बजेदेखि मुम्बईको वाङ्खडे स्टेडियममा सुरु हुनेछ । खेलअघि भव्य उद्घाटन समारोह पनि हुने तय छ । उद्घाटन समारोहमा भारतीय कलाकारहरु ऋषभ शर्मा, शिवमणि, बादशाह र नोरा फतेहीले प्रस्तुति दिनेछन् ।
नेपालले भने आफ्नो पहिलो खेल भोलि आइतबार इंग्ल्यान्डसँग खेल्नेछ ।












समाचार
हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ, भारतीय र चीनिया बिस्थापित हुंदै
फर्नान्डेसलाई पिएफए वर्षको उत्कृष्ट खेलाडीको अवार्ड
जलविद्युत् आयोजनाको सहयोगमा घुमाउनेताल–मौवाफाँट सडक कालोपत्र
विद्युत् ‘सर्ट’भएर आगलागी हुँदा दुई घर नष्ट, २६ लाख बराबरको क्षति
लाभांश प्रस्ताव पारित गर्न सुपर मादी हाइड्रोपावरको साधारणसभा आह्वान
सौर्य कृषि कम्पनीको वार्षिक साधारणसभा आह्वान, आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने
के.वि. एल. सेक्यूरिटिजको साधारणसभा असोज २ गते, के-के छन् एजेण्डा ?
आँखुखोला जलविद्युतको सेयर रजिष्ट्रामा प्रभु क्यापिटल