
काठमाडौं। खुम्जुङ युथ क्लब, नाम्चे युथ क्लब र खुम्बु युनाइटेड क्लबले १५ औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगिता आइतबार जित हात पारेका छन् ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खुम्जुङले खुम्बु याङबु शेर्पा समाजलाई १–० गोलले पराजित गर्यो ।
‘प्लेयर अफ द म्याच’ पासाङ शेर्पाले निर्णायक गोल गरे । महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च, फराकको आयोजनामा भइरहेको प्रतियोगितामा नाम्चेले ठमिछेवा फुटबल टिमलाई २–० गोलले हरायो । नाम्चेका विशाल मगर र सुदिप राईले गोल गरे । नाम्चेका तेन्जिङ फुन्सोक शेर्पा ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
अन्तिम खेलमा खुम्बुले आमादब्लम युथ क्लब २–१ गोलले पाखा लगायो । खुम्बुका ‘प्लेयर अफ द म्याच’ मिङमा राजभण्डारी र तेन्जिङ डेविड शेर्पाले समान १–१ गोल गरे । आमादब्लमका आम्बेले १ गोल फर्काए ।
१४ पिक्स एक्सपेडिसन प्रालिको मुख्य प्रायोजन तथा हेली एभरेष्ट प्रालि र खुम्बु पासाङ ल्हामु गाउँपालिकाको सह–प्रायोजनमा भइरहेको प्रतियोगिताअन्तर्गत सोमबार २ खेल हुनेछ । खुन्डे कम्युनिटी क्लब र खुम्बु याङबु शेर्पा समाज तथा आयोजक मञ्च र खुम्जुङ युथ क्लब भिड्ने छन् ।













समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद