
काठमाडौं । म्यानचेस्टर सिटीले प्रिमियर लिगमा लिभरपुलमाथि पुनरागमन जित निकालेको छ । एनफिल्डमा एर्लिङ हालान्डले आफ्नो पहिलो गोल गरेपछि सिटीले लिभरपुलाई २–१ ले हराएको हो ।
यो जितसँगै सिटीको प्रिमियर लिग उपाधि आशा कायम राखेको छ । आर्सनल (५६ अंक) ले शनिवार लिगको शीर्ष स्थानमा ९ अंकको अग्रता बनाएको थियो । तर आइतवारको जितपछि सिटीले त्यो दूरी घटाएर ६ अंकमा ल्याएको छ । लिभरपुलका डोमिनिक सोबोस्लाइले ७४ औं मिनेटमा उत्कृष्ट फ्रिकिकमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । गोलकिपर जियानलुइजी डोनारुम्मालाई छलाउँदै उनले शानदार गोल गरेका थिए । तर डोमिनिकले खेलको अन्तिम क्षणमा उनले रातो कार्ड पनि खाए ।
खेलको ८४औँ मिनेटमा बर्नार्डो सिल्भाले हालान्डको हेडरलाई भलीमार्फत गोल गर्दै खेललाई बराबरीमा पुर्याए । त्यसपछि इन्जुरी समयको तेस्रो मिनेटमा हालान्डले पेनाल्टीबाट गोल गर्दै सिटीलाई जित दिलाए । अन्तिम क्षणमा रायन चेर्कीको गोल अमान्य घोषित भए पनि सिटी विजयी भएको हो । यो जितपछि सिटी दोस्रो स्थान थप मजबुत बनाउने छ । ३९ अंकसहित लिभरपुल भने छैटौँ स्थानमै सीमित रहँदै चौथो स्थानको म्यानचेस्टर युनाइटेडभन्दा ५ अंकले पछि परेको छ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम