
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा भारी गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा ८५.१८ प्रतिशतले नाफा घटेको हो ।
वित्तीय विवरण अनुसार कम्पनीले पुस मसान्तसम्म १ करोड १० लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको छ । कम्पनीले गत आवको पुस मसान्तसम्म ७ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत आवको पुस मसान्तसम्म ४४ करोड ३५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले त्यसको तुलनामा चालू आवको सोही अवधिमा १.८९ प्रतिशतको वृद्धि सहित ४५ करोड १९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ६७ करोड ७ लाख रुपैयाँबाट १६.६४ प्रतिशतले बढेर ७८ करोड २३ लाख रुपैयाँ पुग्दा कुल खर्च ५६ करोड ५ लाख रुपैयाँबाट ३६.७६ प्रतिशतले बढेर ७६ करोड ६६ लाख रुपैयाँ पुगेको छ । कम्पनीले अभिकर्तालाई दिने कमिशन पनि २ करोड ७२ लाख रुपैयाँबाट १९.२४ प्रतिशतको वृद्धि गरी ३ करोड २५ लाख रुपैयाँ पुर्याएको छ ।
समीक्षा अवधिमा कम्पनीको बीमाकोषको आकार ३ अर्ब ३२ करोड ५८ लाख रुपैयाँबाट ४६.३९ प्रतिशतले बढेर ४ अर्ब ८६ करोड ८७ लाख रुपैयाँ पुगेको छ भने प्रतिशेयर आम्दानी ९.६८ रुपैयाँबाट घटेर ०.८६ रुपैयाँमा झरेको छ । सोल्भेन्सी अनुपात ३.४२ प्रतिशतबाट बढेर ४.२४ प्रतिशत कायम भएको छ ।
चुक्ता पूँजी २ अर्ब ५६ करोड रुपैयाँ रहेको कम्पनीको स्पेशल रिजर्भमा १ अर्ब ३९ करोड ६८ लाख रुपैयाँ, महाविपत्ति कोषमा ८ करोड ७१ लाख रुपैयाँ र जगेडा कोषमा २२ लाख रुपैयाँ सञ्चित रहेको छ । यस अवधिसम्म कम्पनीको कुल सम्पत्तिको मूल्य ९ अर्ब ८७ करोड रुपैयाँभन्दा माथि रहेको छ ।












समाचार
भारत भ्रमणदेखि तल्लो अरुणसम्म, प्रधानमन्त्री कार्यालयका १५ प्रमुख काम सार्वजनिक
रनग रिन्पोछे “डोल्पो बुद्ध” को कृति ‘दीप’ सार्वजनिक हुँदै
दक्षिण कोरियाली संस्थाको सहकार्यमा बाढीपीडित परिवारलाई राहत
भोटेकोशी बाढीपीडितका लागि ब्रिटिश गोर्खासम्बद्ध संस्थाद्वारा ६२ लाखभन्दा बढी सहयोग हस्तान्तरण
रोमानियामा ६ सय नेपाली श्रमिक आन्दोलनमा, काम र तलब नपाएको गुनासो
दिल्लीमा प्रधानमन्त्री बालेनको २५ घण्टा
चारुमती विहारको इतिहास झल्काउने मूर्ति भारतीय राष्ट्रपतिलाई उपहार दिँदै प्रधानमन्त्री बालेन
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन