
काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको नाफा र बिक्री आम्दानीमा सामान्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा नाफा र बिक्री आम्दानी सामान्य बढेको हो ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ७ करोड ३१ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.९७ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड ९६ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो । विद्युत बिक्री आम्दानीसँगै कम्पनीको खुद नाफा पनि सामान्य बढेको छ । समीक्षा अवधिमा कम्पनीको खुद नाफा ०.८९ प्रतिशत बढेर ३ करोड ६० लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको कुल नाफा ६.१३ प्रतिशत बढेको छ । त्यस्तै, समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च १३.४२ प्रतिशत घटेको छ भने कुल खर्च ९.२१ प्रतिशत घटेको छ।
नाफा सामान्य बढेपनि कम्पनीको प्रतिसेयर आम्दानी भने समीक्षा अवधिमा घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४५ पैसा घटेर ११ रुपैयाँ १४ पैसामा झरेको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ६६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५५.४५ गुणा रहेको छ । ६४ करोड ६७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ८ करोड १८ लाख रुपैयाँ सञ्चित छ ।













समाचार
चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
विश्व अण्डा दिवस : नेपालमा वार्षिक प्रतिव्यक्ति ६९ अण्डा खपत हुँदै
चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल
भेडाच्याङ्ग्रा बिक्री गर्न एक महिना बढी पैदल यात्रा, किसानलाई बजारकै चिन्ता
साता दिनमा झिनो अंकले बढ्यो नेप्से, औषत कारोबार औषतमा ३ अर्बमा सिमित
साता दिनमा ९०० रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ?
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
यस्तो छ शनिबारको मौसम
शनिबारको विनिमयदर : कुन देशको सटहीदर कति ?
मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण