
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिएको कांग्रेसले अब देशको आसन, भाषण र शासनमा सुधार गर्ने बताएका छन् । लमजुङ पुगेका उपसभापति शर्माले कुनै पनि व्यक्ति सत्तामा निरन्तर शासन जमाउने परम्परा भत्काएर आफूहरू आएको बताएका हुन् ।
‘हामी १/२/३/४ को नीति संविधानमा अंकित गर्नेछौँ । अब उप्रान्त कोही पनि प्रधानमन्त्री र मुख्यमन्त्री दुई पटक भन्दा बढी रहन पाउने छैनन्,’ उनले भने । उनले चुनावी मैदानमा कसैलाई पनि गाली नगर्न आग्रह गरे । ‘गाली होइन, प्रेम सम्प्रेषण गरौँ, स्वस्थ आलोचना स्वाभाविक हुन्छ, तर आपसलाई गाली गरेर राजनीतिलाई स्वस्थ बनाउन सकिन्नँ चुनाव जित्ने नाममा जे पनि आश्वासन दिएर, समाजमा भोलि निराशा जगाउने कार्य हाम्रा भाषण र घोषणा पत्रहरू मार्फत नगरौँ,’ उनले भने । देशको शासनमा आवश्यक सुधार गर्नको लागि केस्राकेस्रा केलाए जेनजी विद्रोहको भावना अनुसार नै आफूहरू बदलिएर आएको बताए ।













समाचार
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान
ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा