
काठमाडौं । सर्लाहीको बाँके–सङ्ग्रामपुर सडकखण्डअन्तर्गत खीला गाउँ नजिक बुधबार राति तीनवटा मोटरसाइकल ठोक्किँदा दुई युवाको ज्यान गएको छ ।
ईश्वरपुर नगरपालिका–१३ स्थित ईश्वरपुर नगरपालिका र हरिपुर्वा नगरपालिकाको सीमामा भएको दुर्घटनामा हरिपुर्वा नगरपालिका–९, मिर्चैयाका ३० वर्षीय मुकेश राय र ३० वर्षीय रामज्ञान रायको मृत्यु भएको हो । बुधबार राति ८ बजे खिला गाउँ नजिकै भारतीय नम्बर प्लेटका तीनवटा मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा रहेको जानकारी पाएपछि प्रहरी चौकी गौरीशङ्करबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
प्रहरी पुग्दा बीआर ३० एआर ३४५८, बीआर ३– एपी ३८–९ र एचपी ५५ सी –६२३ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवम् डिएसपी सरोज राईले जानकारी दिए ।दुर्घटनाका घाइतेलाई थप उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदा दुवै जनालाई चिकित्सकले मृत घोषणा गरेका हुने । दुर्घटनास्थलबाट उद्धार गरिएकामध्ये सामान्य घाइते हरिपूर्वा नगरपालिका–९, कै २२ वर्षीय बिक्रम राय र ४२ वर्षीय रामविश्वास रायको मोडेल अस्पताल लालबन्दीमा उपचारपछि प्रहरी नियन्त्रणमा छन् ।













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो