
काठमाडाैँ । सुख्खा मौसम सुरु भएसँगै नेपालमा आगलागीका घटना बढ्दै गएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) काअनुसार फागुन ७ गतेदेखि फागुन ८ गतेसम्म देशभर १२ वटा विपद् घटना भएका छन् । जसमध्ये अधिकांश आगलागीका छन् ।
यी घटनाबाट एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । प्राधिकरणकाअनुसार करिव ५० लाख १९ हजार ५ सय रुपैयाँ क्षति भएको छ ।
आगलागीका प्रमुख घटना
सुनसरीको बराहक्षेत्र नगरपालिका–११ बकुलाछापमा विद्युतीय मिटर सर्ट भएर घर पूर्ण रूपमा जलेको छ । यसबाट अन्नपात, लत्ताकपडा, फर्निचरसहित १९ लाख १८ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको छ ।
संखुवासभाको चैनपुर नगरपालिका–११ पिप्लेमा पनि विद्युत सर्टबाट दुई घर जलेर १३ लाख रुपैयाँको क्षति पुगेको छ । धनकुटाको चौकिसे गाउँपालिका–१ बुधबारेमा गोठमा आगलागी हुँदा ५ खसी र २ पाठा मरेका छन् भने २ बाख्रा घाइते भएका छन् । यसबाट ७ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
तेह्रथुमको फेदाप गाउँपालिका–२ पिपलबोटेमा खोले पकाउने आगोबाट गोठ र घर जलेर ३ लाख रुपैयाँ क्षति भएको छ । उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ बलमतामा पाखाबारीको आगो सल्किएर दुई खाली घर जलेका छन् । यसबाट काठपात र भाँडाकुँडासहित ६ लाख ५० हजार रुपैयाँको क्षति पुगेको छ ।
सिरहाको मिचैंया नगरपालिका–९ ननुवा टोलमा ५२ वर्षीया महिलालाई ग्यास सिलिन्डरबाट आगलागी हुँदा शरीरको ३० प्रतिशत भाग पोलेर घाइते भएकी छन् । उनी स्थानीय अस्पतालमा उपचाररत छन् । धनुषाको जनकपुर उपमहानगरपालिका–८ मा जचया पसलमा आगलागीबाट १ लाख ५१ हजार रुपैयाँ क्षति भएको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–२ चुनेमुडामा मैनबत्ती छोड्दा कोठाको सामान पूर्ण नष्ट भएको छ । जुम्लाको तातोपानी गाउँपालिका–८ बनतडीमा घर पूर्ण रूपमा जलेको छ, क्षतिको विवरण आउन बाँकी छ । यी घटनामा प्रहरी, दमकल, अपर पोस्ट, प्रचौ टोली र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रण गरिएको छ ।
त्यस्तै सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्षेपमा ५० वर्षीय पुरुष सगरमाथा आधार शिविर भ्रमणका क्रममा अचानक बिरामी परेका थिए । उनलाई लुक्ला अस्पताल पुर्याउँदा उपचारका क्रममा मृत्यु भएको छ ।
दार्चुलाको लेकम गाउँपालिका–५ रिठामा ४५ वर्षीया महिलालाई घरभित्र चट्याङ लागेर घाइते भएकी छन् । उनलाई गोकुलेश्वर अस्पताल पठाइएको छ । झापाको बाह्रदशी गाउँपालिका–१ बोक्राझारीमा ५० वर्षीया महिलालाई जंगली हात्तीले आक्रमण गरी घाइते बनाएको छ । उनी अस्पतालमा उपचाररत छन् ।
मौसम अवस्था
यस समयमा २९० वर्षा मापन केन्द्रमध्ये १४ वटामा मात्र वर्षा भएको छ । सबैभन्दा बढी १०.८ मिलिमिटर वर्षा बझाङको चैनपुर केन्द्रमा मापन भएको छ । न्युनतम तापक्रम सबैभन्दा कम –१.८ डिग्री सेल्सियस जुम्लामा रहेको छ भने अधिकतम तापक्रम ३२.८ डिग्री सेल्सियस सिराहाको लहानमा पुगेको छ। सुख्खा र चिसो मौसमले आगलागीको जोखिम बढाएको छ । प्राधिकरणले आगलागीबाट बच्न विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।













समाचार
सुपर मादी हाईड्रोपावरको नाफामा २७७ प्रतिशतको वृद्धि, ईपीएस सहित अन्य सूचक कस्ता ?
सरकारले विद्युत् महसुल समयानुकूल बनाउन पुनरवलोकन प्रक्रिया अघि बढायो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन
भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
भगवती हाइड्रोपावरको करिब ५८ लाख कित्ता सेयरको लकइन अवधि सकिंदै
सन नेपालको बोनस र हकप्रद सेयरमध्येको ३ लाख ७७ हजार कित्ता सेयरको लकइन अवधि सकिदै
प्रतिनिधिसभाको बैठक बस्दै, के के छन् कार्यसूची
गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने तयारी, धितोपत्र बोर्ड–एनआरएनबीच छलफल