
रसुवा । कार्यालय बिदा भए पनि रसुवा जिल्ला अदालतले आफ्नो नियमित काम अगाडि बढाई न्याय सम्पादन गर्ने भएको छ ।
यही फागुन २०, २२ र २४ गते कार्यालय बिदा रहे पनि जिल्ला अदालतले गर्ने बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदनको सुनुवाइ गर्ने व्यवस्था मिलाएको छ । उक्त समयमा बन्दी प्रत्यक्षीकरणको साथै जिल्लाभित्र अप्रिय घटना भएमा पक्राउ गर्ने आदेश जारी गर्ने तथा पक्राउ भएका नागरिकका लागि थुनुवा म्याद थप गर्ने समेतको व्यवस्था मिलाइएको जिल्ला अदालतले सूचनामार्फत जनाएको छ ।
यसैगरी, जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार भयरहित वातावरणमा आम निर्वाचन सम्पन्न गराउन उत्तरी रसुवागढी नाका बन्द गरिएको छ । यही फागुा २१ गते अपराह्न ५ बजेसम्मका लागि ल्हेन्देखोलाको मितेरी पुल बन्द गरिएको सहायक प्रजिअ एवं सूचना अधिकारी द्रुवप्रसाद अधिकारीले बताए ।
फेसबुक प्रतिक्रिया













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना