सुर्खेत पुगेर पूर्णबहादुर खड्काले गरे मतदान

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मतदान गरेका छन्। उनले बिहीबार सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने सूर्यज्योति माध्यमिक विद्यालयस्थित मतदान केन्द्रमा पुगेर आफ्नो मत खसालेका हुन्।

कांग्रेसको विशेष महाधिवेशनपछि निस्क्रिय जस्तै बनेका खड्काले सुरुमा सुर्खेत–१ बाट पुनः चुनाव लड्ने इच्छा व्यक्त गरेका थिए। तर निर्वाचन आयोगले गगन थापा नेतृत्वमा विशेष महाधिवेशनबाट चुनिएको कार्यसमितिलाई वैधानिकता दिएपछि उनले चुनाव नलड्ने घोषणा गरेका थिए।

त्यसपछि खड्का कांग्रेसको औपचारिक चुनावी प्रचारप्रसारमा सक्रिय देखिएका थिएनन्। यद्यपि, सामाजिक सञ्जालमार्फत भने उनले कांग्रेसका पक्षमा मत माग्दै आएका थिए। यता कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा भने उपचारका लागि सिंगापुरमा रहेका कारण यस पटकको मतदानमा सहभागी हुने छैनन्।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार