
काठमाडौं । सेयर कारोबारका लागि अब देखि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सम्पूर्ण सेयर कारोबार सदस्यहरुका नाममा सूचना जारी गर्दै नयाँ कारोबार खाता खोल्दा कारोबार व्यवस्थापन प्रणाली (टीएमएस)को ग्राहक पहिचान (केवाईसी) विवरणमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य रुपमा प्रविष्टीको व्यवस्था गर्न आग्रह गरेको हो ।
राष्ट्रिय परिचयपत्रका आधारमा ग्राहक पहिचान र सम्पुष्टि गर्ने व्यवस्थाको कार्यान्वयन तथा केवाईसीलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गर्नुका साथै सोको विवरण विद्युतीय माध्यमबाट प्राप्त गर्न सक्ने व्यवस्थाका लागि नेपाल धितोपत्र बोर्डबाट निर्देशन प्राप्त भएको नेप्सेले जनाएको छ । आफ्नै छुट्टै टीएमएस प्रयोग गरिरहेका कारोबार सदस्यहरुले पनि यो व्यवस्था कार्यान्वयनका लागि आवश्यक तयारी गर्न नेप्सेले आग्रह गरेको छ ।













समाचार
एनपीएल २०२६ को मिति घोषणा, कात्तिक ९ देखि सुरु हुने
ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी
ग्यासमा कालोबजारी गरेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ
बन्द र घाटामा थलिएका केही उद्योगमा आशालाग्दा परिणाम देखिन थाले : प्रधानमन्त्री शाह
ढोरपाटन सिकार आरक्षमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी
पाटन बारका तीन समूहबिच प्रतिस्पर्धा हुँदै
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल
जुम्लामा ४८ करोड राजस्व सङ्कलन
सुर्खेतमा सामुदायिक वनमा लुकाइराखेको तीन थान भरुवा बन्दुक बरामद
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण