काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत रुकुम पश्चिममा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गोपाल शर्मा विजयी भएका छन् । शर्माले २९ हजार ६ सय ९ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजु केसीले १६ हजार ६६१ मत प्राप्त गरेका छन् । त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्माले १४ हजार ३४६ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट २०७९ को प्रतिनिधि सभा निर्वाचन जनार्दन शर्मा विजयी भएका थिए । जसमा उनले ३९ हजार ५४९ प्राप्त गरेर विजयी भएका थिए । अहिलेको निर्वाचनमा जनार्दन भने प्रगतिशील लोकतान्त्रिक पार्टीकाबाट उम्मेदवारी दिएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाहीले ४ हजार ७६ मत ल्याउँदा नेकपा एमालेका नन्दराम देवकोटाले १ हजार ८६९ मत प्राप्त गरेका छन् । यस्तै, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का चन्द्रबहादुर बुढाले ३६६ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल खड्काले २२८ मत, राष्ट्रिय जनमोर्चाका सत्यनारायण श्रेष्ठले १७० मत प्राप्त गरेका छन् ।













समाचार
बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा
जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
एनपिएलको तयारी अन्तिम चरणमा: कीर्तिपुर मैदानमा के-के फेरिँदै छ?
दसैंको टीका कात्तिक ४ गते, उत्तम साइत बिहान १०ः२६ बजे
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी विनिमयदर : डलर र युरो मंहगियो, पाउण्ड सस्तीदा कुनको मूल्य कति ?