
काठमाडौं । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले आज जाँचबुझ प्रतिवेदन बुझाएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आइतबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा उल्लेख भएको विषय बाहिर आइसकेको छैन ।
असोज ५ मा सरकारले भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न आयोग गठन गरेको थियो । आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वर भण्डारी सदस्य छन् । आयोगले भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा युवाहरूको ज्यान जानेगरी भएको घटनाबारे १५० जना भन्दा धेरै सरकारी अधिकारीहरू र आन्दोलनका प्रत्यक्षदर्शीहरुसँग बयान लिएको थियो ।
जेनजी आन्दोलन हुँदा केपी शर्मा ओलीको नेतृत्वमा सरकार थियो । त्यसबेला गृह मन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी, आईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौँका प्रजिअ छविलाल रिजाल थिए ।













समाचार
सेयर बजारको समस्या समाधानका लागि कांग्रेसले थाल्यो विज्ञहरूसँग परामर्श
चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी
अन्नपूर्णको विपद् प्रभावित राहत कोषमा तमुधिँको तीन लाख सहयोग
सगरमाथा आरोहणसम्बन्धी वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष प्रदर्शन
‘विगत ३५ वर्षको हिसाब गर्ने होइन, आगामी ३५ वर्षको योजना ल्याउनुस्’
पर्वतमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु, चारजना घाइते
म्याग्दीमा एक वर्षमा चार किलोमिटरभन्दा बढी पदमार्ग निर्माण
काठमाडौँ महानगरद्वारा ९२ निजी विद्यालयको अनुमति रद्द गर्ने प्रक्रिया सुरु
वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो