
काठमाडौं । टी–२० विश्वकपको फाइनमा भारतले न्यूजिल्याण्डलाई जितका लागि २५६ रनको विशाल लक्ष्य दिएको छ ।अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा जारी खेलमा साविक विजेता समेत रहेको भारतले निर्धारीत ओभरमा ५ विकेट गुमाएर २५५ रन बनाए पछि न्यूजिल्याण्डले २५६ रनको लक्ष्य पाएको हो ।
भारतका लागि तीन जना खेलाडीले अर्धसतक प्रहार गरे । उसका सन्जु सामसन, अभिषेक शर्मा र इशान किशनले अर्धसतक बनाए । सामसनले टोलिका लागि सर्ववधिक ८९ रनको विष्फोटक पारी खेले । उनले ४६ बल खेलेका उनले ५ चौका ८ छक्का प्रहार गरे । यस्तै, अर्का ओपनर अभिषेक शर्माले २१ बलमा ५२ बनाए भने इशान किशनले २५ बलमा ५४ रनको योगदान दिए । अन्तिम ओभरमा शिवम दुबेले विष्फोटक ब्याटिङ गर्दै भारतको स्कोर २५० माथि पुर्याए । उनी ८ बलमा २६ रनमा अविजित रहे ।
बलिङतर्फ न्यूजिल्यान्डका जिम्मी निशमले तीन तथा रचिन रवीन्द्र र म्याट हेनरीले एक–एक विकेट लिए । न्यूजिल्याण्डले केही बेरमा जबाफि ब्याटिङ गर्नेछ ।












समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना