
काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गरेको छ । कपनीले आज चैत ८ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूमा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २८ लाख कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट फागुन १७ गते अनुमति पाएको हो । जसमध्ये ७ लाख कित्ता आयोजना प्रभावितलाई र २ लाख १० हजार कित्ता वैदेशिक रोजगारेलाई निष्काशन गरेको हो ।
आयोजना प्रभावितलाई छुट्याइएको आईपीओमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मका स्थानीय बासिन्दाहरूले र वैदेशिक रोजगारेलाई छुट्याइएको आईपीओमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई विदेशमा रोजगार गरिरहेका नेपालीले आवेदन दिन सक्नेछन् ।
आईपीओमा आवेदन दिंदा आयोजना प्रभावितले कम्तीमा १० कित्ता र बढीमा ७ हजार कित्ता माग गर्न सक्नेछन् भने वैदेशिक रोजगारेले कम्तीमा १० कित्ता र बढीमा २१ हजार कित्ता माग गर्न सक्नेछन्। आयोजना प्रभाविततर्फको निष्काशन बन्द छिटोमा चैत २२ गते र ढिलोमा वैशाख ७ गते हुनेछ भने वैदेशिक रोजगारतर्फको निष्काशन बन्द छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गते हुनेछ ।
आयोजना प्रभावितले सिन्धुपाल्चोकस्थित याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको कार्यालयका साथै सिन्धु विकास बैंक लिमिटेड, कुमारी बैंक लिमिटेडको जुगल गाउँपालिकास्थित शाखा कार्यालय र सिन्धु विकास बैंककै चौतारास्थित कार्यालयबाट आवेदन फाराम प्राप्त गर्न र बुझाउन सक्नेछन्।













समाचार
त्रिधार्मिकस्थल हलेसीमा ‘बोलबम’ मेला भर्ने दर्शनार्थीको भीड
सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति
चिनाखेतका पहिरो पीडितलाई नगरपालिकाको राहत
धनकुटामा किसानको सहभागितामा कोदोका १० जातको परीक्षण सुरु
ब्राउन सुगरसहित एक जना पक्राउ
पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की १५ लाख धरौटीमा थुनामुक्त
मधेशको पछिल्लो घटनाबारे गृहमन्त्री र उद्योगमन्त्रीले गरे सांसदहरूसँग छलफल, कसले के भने ?
युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु
साँस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान दिइने
पाकिस्तानको ब्रड पिक हिमाल आरोहणका क्रममा मृत्यु भएका किलुको मंगलबार अन्त्यष्टि हुने