
काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनासम्ममा नेपालमा १५ लाखभन्दा बढी स्मार्टफोन आयात भएको छ । भन्सार विभागका तथ्यांक अनुसार चालु आर्थिक वर्षको फागनु मसान्तसम्मको अवधिमा कुल १५ लाख २८ हजार ४९५ थान स्मार्टफोन भित्रिएका हुन् ।
उक्त स्मार्ट फोनको मूल्य २९ अर्ब ९३ करोड ५९ लाख ४६ हजार रुपैयाँ छ । गत वर्षको सोही अवधिमा १४ लाख ७ हजार ७८ थान स्मार्टफोन २१ अर्ब ९१ करोड ८३ लाख ६० हजार रुपैयाँ बराबर भित्रिएका थिए । चालु आवको ८ महिनामा मोबाइल आयातबाट राज्यले ५ अर्ब ५८ करोड ३८ लाख रुपैयाँ राजस्व आर्जन गरेको छ । फागुन महिनामा मात्रै १ लाख १३ हजार थान मोबाइल आयात भएको तथ्यांक छ ।
नेपालमा अधिकांश स्मार्टफोन चीन र भारतबाट आयात हुने गरेको छ । यस्तै, अमेरिका, अष्ट्रेलिया, जापान, कोरिया, मलेसिया र युएई लगायतका देशबाट पनि स्मार्टफोन भित्राइन्छ ।
फेसबुक प्रतिक्रिया












समाचार
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि
करिब साढे १७ अंक घट्यो सेयर बजार, ६ अर्ब २८ करोडको कारोबार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?
यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात