
काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेनएबीएल) २०२६ मा केभिसी हाउण्ड्सले विजय यात्रा राख्दै लगातार छैटौं जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार साँझ सम्पन्न खेलमा हाउण्ड्सले सोलो बास्केटबल क्लबलाई १०२-६९ को अन्तरले पराजित गरेको हो ।
सुरुवाती तीन खेलमा पराजित भएपछि हाउण्ड्सले उत्कृष्ट प्रदर्शन गर्दै लगातार खेल जित्दै आएको छ । पहिलो क्वाटर सोलोले २५-२२ ले आफ्नो पक्षमा पारेको थियो । तर हाउण्ड्स दोस्रो क्वाटरमा खेलमा फर्कियो र दोस्रो क्वाटर २८-१९ ले आफ्नो पक्षमा पार्दै हाफटाइमसम्म ५०-४४ ले अग्रता बनायो । हाउण्ड्सले तेस्रो क्वाटर २९-१४ र चौथो क्वाटर २६-११ ले आफ्नो पक्षमा पार्दै फराकिलो जित हात पारेको हो ।
९ खेलपछि १५ अंक जोडेर हाउण्ड्स चौथो स्थानमा कायम छ । हाउण्ड्सका उजेन नोर्बु गुरुङ खेलको म्यान अफ दि म्याच घोषित भए ।सोलोको भने यो सातौं हार हो । सोलो ९ खेलबाट ११ अंकसहित पाँचौ स्थानमा छ । बिहीबार राती सम्पन्न खेलमा गोल्डेनगेट बास्केटबल क्लबले कीर्तिपुरलाई ८७-६२ ले पराजित गरेको छ । गोल्डेनगेटका अजय कुशवाह खेलको म्यान अफ दि म्याच घोषित भए ।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ । पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन् । यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ ।












समाचार
भोटेकोशी बाढीः हालसम्म ९५ जनाको शव भेटियो
तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई तीव्रता दिन सरकारसँग महासंघको आग्रह
भोटेकोशी बाढीले दर्जनौँ जलविद्युत आयोजनामा क्षति, उद्धार र पुनर्निर्माणलाई प्राथमिकता दिन इप्पानको आग्रह
महँगीको चपेटामा उपभोक्ता, सरकारको लक्ष्यभन्दा माथि पुग्यो मुद्रास्फीति
भोटेकोशीमा बाढी: भारत, चीन र विश्व बैंकले सोधे- कस्तो सहयोग कहाँ पठाऊँ ?
बाढीपीडितका लागि एनआरएनएले तत्काल ५ करोड सहयोग गर्ने
महासंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र बीच औद्योगिक सम्बन्ध, लगानीको वातावरण र रोजगारी विस्तारमा सहकार्य गर्ने प्रतिबद्धता
रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका बाढी प्रभावितलाई टेलिकमको निशुल्क सेवा
नुवाकोटमा बाढी प्रभावित केन्द्रको परीक्षा स्थगित गर्ने त्रिविको निर्णय
मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्यो १० निर्णय