
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज यूनिभर्सल पावर, एनएलजी इन्स्योरेन्स, विन्ध्यबासिनी हाइड्रोपावर र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बोनस सेयर सूचीकृत भएको हो ।
जसमध्ये, यूनिभर्सल पावरको २० लाख ५१ हजार ९३६.९३२ कित्ता सेयर सूचिकृत भएको छ । कम्पनीले गत वर्षको नाफाबाट ९ प्रतिशत बोनस सेयर दिएको थियो । त्यस्तै एनएलजी इन्स्योरेन्सको १० लाख २६ हजार ०८९.७८ कित्ता सेयर सूचीकृत भएको हो । गत वर्ष को नाफा बाट ४ प्रतिशत बोनस सेयर दिएको हो ।
विन्ध्यबासिनी हाइड्रोपावरको ५ हजार ६४ हजार ९ सय कित्ता सेयर सूचीकृत भएको हो । गत वर्ष को नाफा बाट ५ प्रतिशत बोनस सेयर दिएको हो । त्यस्तै, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको २० लाख ४१ हजार ४५९.२ कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले गत वर्ष को नाफा बाट ४ प्रतिशत बोनस सेयर दिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
पर्यटन प्रवर्द्धनका लागि बाँके निकुन्जलाई ‘ब्रान्डिङ’ गरिँदै
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले बुधबार विश्वासको मत लिने
कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै
टेस्ट क्रिकेटमा सबैभन्दा छिटो १०० छक्का प्रहार गर्ने खेलाडी बने ऋषभ पन्त
सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’
संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
मजपोक–ताराखोला सडक स्तोन्नती गर्न पाँच करोड सुनिश्चित
रासायनिक मलको कालोबजारी गरेको आरोपमा मुद्दा
चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार