
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीको हितग्राही खातामा ५ प्रतिशत बोनस शेयर जम्मा गरिएको जनाएको छ।
कम्पनीको गत पुस ३० गते सम्पन्न १२औं वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सिडिएस एण्ड क्लियरिङ लिमिटेड मा सूचीकृत तथा दर्ता भई अभौतिक रूपमा कारोबार गर्न मिल्ने भइसकेको छ।
कम्पनीले पुस १७ गतेसम्म शेयर अभौतिकीकरण गराइसकेका शेयरधनीहरूको बोनस शेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको छ भने सो मितिपछि शेयर अभौतिकीकरण गराएका शेयरधनीहरूको हकमा भने क्रमशः बोनस शेयर खातामा जम्मा हुने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।
हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीले आफ्नो शेयर अभौतिकीकरण गराएपछि बोनस शेयरसमेत हितग्राही खातामै प्राप्त गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ। त्यस्तै पुस १७ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरूको हकमा बोनस शेयर पनि सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा रोक्का जनाई हितग्राही खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ।
सम्बन्धित शेयरधनीले कर्जा राफसाफ गरिसकेपछि सम्बन्धित बैंक वा वित्तीय संस्थामा सम्पर्क गरी उक्त शेयर फुकुवा गराउनुपर्ने कम्पनीले जानकारी दिएको छ। उक्त मितिपछि रोक्का राखिएका शेयरधनीहरूको बोनस शेयर भने हितग्राही खातामा रोक्का नजनाई जम्मा हुने कम्पनीले स्पष्ट पारेको छ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह