
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले करिब १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले दुई जना संस्थापक सेयरधनीहरूको नाममा रहेको ९ लाख ९४ हजार १६४ कित्ता सेयर बिक्रीमा राखेको हो ।
बैंकले ३५ दिनभित्र इच्छुक विद्यमान संस्थापक सेयरधनीलाई आवेदन दिन आह्वान गरेको हो । यसअनुसार बिक्रीमा राखिएका सेयरमध्ये जगदीश कुमार अग्रवालको नाममा रहेको ५ लाख ४४ हजार १६४ कित्ता र सुबोध कुमार केडियाको नाममा रहेको ४ लाख ५० हजार कित्ता संस्थापक सेयर रहेका छन् ।
इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र कार्यालय समयमा काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवको कार्यालयमा आफूले खरीद गर्न चाहेको सेयर संख्यासहित आवश्यक कागजात संलग्न गरी लिखित आवेदन दिनु पर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापकबाट पर्याप्त आवेदन नपरेमा वा सम्पूर्ण सेयरका लागि माग नआएमा प्रचलित कानुनअनुसार अन्य व्यक्ति वा संस्थालाई उक्त संस्थापक सेयर बिक्री गर्न प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै