
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.४६ अकंले घटेर २८३७.७७ बिन्दुमा बन्द भएको छ । आज ३३५ कम्पनीको २ करोड १० लाख ८७ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९९ करोडको कारोबार भएको हो ।
आज ११ उपसूचक राताम्य भएका छन् । आज वाणिज्य बैंक समूहको ०.७४ प्रतिशत, विकास बैंक समूहको ०.६७ प्रतिशत, फाइनान्स समू्हको ०.६० प्रतिशतले सेयर मूल्य घटेको छ । शुक्रबार ५६ कम्पनीको सेयर मूल्य बढेको छ भने २०९ कम्पनीको घटेकोछ । २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो ।
आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ५१ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको हो । रिलायन्स स्पीनिङ मिल्सको ४३ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । रिडी पावरको ३८ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै भुजुङ हाइड्रोपावर कम्पनी, सुपर खुदी, होटल फरेष्ट र पाल्पा सिमेन्टका लगानीकर्ताले कमाएका छन् । आज यी चार कम्पनी लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । रिज लाइन इनर्जीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै एनआइसी एशिया ब्यालेन्स फन्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ४ प्रतिशतका दरले गुमाएका हुन् ।













समाचार
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह
प्रधानमन्त्रीसँग छलफल सकेर फर्कंदा सिंहदरबारबाटै पक्राउ परे किस्पाङ गाउँपालिका अध्यक्ष
एटीएमबाट अब १०० रुपैयाँका नोट पनि निकाल्न पाइने, राष्ट्र बैंकले बैंकहरूलाई दियो निर्देशन
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति
कृष्णभीरको सडक सञ्चालनमा आएपछि ग्यास सहज हुन्छ : आयल निगम
सेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार साढे ४ अर्ब माथि
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान