
काठमाडौं । पञ्जाब किंग्सले लखनऊ सुपर जायन्ट्सलाई ५४ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ मा आफ्नो अपराजित यात्रा कायम राखेको छ। प्रियांश आर्या र कूपर कोनोलीको विस्फोटक १ सय ८२ रनको साझेदारीले पञ्जाबलाई विशाल स्कोरसम्म पुर्याएको हो।
मुल्लानपुरमा भएको खेलमा पञ्जाबले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५४ रन बनायो। जवाफमा लखनऊले ५ विकेट गुमाएर २सय रन मात्र बनाउन सक्यो। पञ्जाबले प्रारम्भिक विकेट गुमाए पनि दोस्रो विकेटका लागि प्रियांश आर्या र कूपर कोनोलीले शानदार साझेदारी गरे। दुबैले १ सय ८२ रनको साझेदारी गर्दै खेलको दिशा पूर्ण रूपमा परिवर्तन गरे।
प्रियांश आर्याले मात्र ३७ बलमा ९३ रन बनाए, जसमा ९ छक्का र ४ चौका समावेश थिए। कूपर कोनोलीले ४६ बलमा ८७ रनको योगदान दिए। उनीहरूको आक्रमणले लखनऊका बलरहरूलाई दबाबमा पारेको थियो। लक्ष्य पछ्याउने क्रममा लखनऊका आयुष बदोनी (३५) , मिचेल मार्श (४०) , ऋषभ पन्त र एइडेन मार्कराम (४२) ले केही राम्रो योगदान दिए।
तर नियमित अन्तरालमा विकेट गुमाउँदा टोली ठूलो लक्ष्य नजिक पुग्न सकेन। कप्तान ऋषभ पन्तले २३ बलमा ४३ रन बनाए पनि त्यो जितका लागि पर्याप्त भएन। पञ्जाबका बलरहरूले मध्यक्रममा महत्वपूर्ण विकेट लिएपछि लखनऊको रन गति सुस्त बन्यो। त्यसपछि पञ्जाबले खेलमा पकड कायम राख्दै सहज जित निकालेको हो। यो जितसँगै पञ्जाब किंग्सले अंक तालिकाको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू