
काठमाडौं । नेपालले आज यूएईसँग टी–२०आई सिरिज अन्तर्गत पहिलो खेल खेल्दैछ । नेपाल र यूएईबीचको खेल कीर्तिपुरस्थित टियु मैदानमा बेलुका ५ बजे सुरु हुनेछ ।
नेपालले फ्लडलाइटमा पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो। साथै, दुई वर्षपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्न लागेको नेपालका लागि ऐतिहासिक क्षण हुनेछ । नेपाली टोलीको कप्तानी दीपेन्द्र सिंह ऐरीले गर्नेछन्। नियमित कप्तान रोहित पौडेल आजको खेलमा उपलब्ध हुनेछैनन्। तसर्थ दीपेन्द्रलाई जितसँगै सिरिजको सुरुवात गर्ने चुनौती छ। रोहितलाई स्क्वाडमै राखिएको छैन ।
नेपाल र यूएई चीर परिचित प्रतिद्वन्द्वी हुन्। टी–२०आईमा दुई टोलीबीच ११ खेल भएका छन्। नेपालले ६ खेल जित्दा यूएई ५ पटक विजयी भएको छ । कीर्तिपुरमा एकमात्र खेल हुँदा उक्त खेल यूएईले जितेको थियो । नेपाली टोलीः दीपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम, शेर मल्ल ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू